‘कांग्रेस कसैको नेतृत्वमा सरकारमा जाँदैन’ : नेता महत

‘कांग्रेस कसैको नेतृत्वमा सरकारमा जाँदैन’ : नेता महत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन्। नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताए। 

उनले भने, “त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं ।” उनले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने जनाए। 

उनले भने, “त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनु पर्छ भन्ने पार्टीमा आम राय छ।” नेता महतले कांग्रेस अरु कसैको नेतृत्वमा तथा अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पारे।रासस

Skip This
Skip This
Logo