काबुलमा भएको आक्रमणबाट तीन जनाको मृत्यु

काबुलमा भएको आक्रमणबाट तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको राजधानी काबुल शहरका दुई फरक स्थानमा आइतबार भएका बम विस्फोटमा तीन जना सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ। 

अफगान प्रहरीका अनुसार ती दुवै स्थानमा तालिबानहरुले विस्फोटक पदार्थ विस्फोट गराएर तीन जना सर्वसाधारणको ज्यान लिएका काबुल प्रहरीका प्रवक्ता फेडरस फरामर्जाले पुष्टि गरेका छन्। 

उनका अनुसार सो विस्फोटमा परि अरु पनि कैयौँ सर्वसाधारण घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी छ। उनले केही घाइतेहरुको अवस्था निकै नाजुक रहेको पनि बताएका छन्। जसका कारण मृत्यु हुनेको संख्या बढ्न पनि सक्नेछ । 

यस घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तर प्रहरीले भने यो आक्रमण तालिबानीहरुले नै गरेका बताएको छ ।रासस

Skip This
Skip This
Logo