नेपाल–स्वीस मैत्री समाजमा नयाँ कार्यसमिति चयन

नेपाल–स्वीस मैत्री समाजमा नयाँ कार्यसमिति चयन

केन्द्रबिन्दु
0
Shares

नेपाल–स्वीस मैत्री समाजको आठौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) मा आयोजित साधारणसभाले आगामी चार वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति  चयन गरेको छ । 

कार्यसमितिको अध्यक्षमा रेवन्त धौभडेल, उपाध्यक्षमा दावा साङ्गे शेर्पा, सचिवमा सुरेश पुरी र कोषाध्यक्षमा अमृताञ्जली शाक्य चयन भएका छन्। सदस्यहरूमा शिवागिंनी राणा, रोमीलाल श्रेष्ठ, निरज सिंघल र विष्णु प्रसाद भुसाल चयन चुनिएका छन्। संस्थाका निवर्तमान अध्यक्ष खेमराज लकाई स्वतः नयाँ कार्यसमितिको सदस्य हुने व्यवस्था  छ ।  

निवर्तमान अध्यक्ष लकाईको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष बिष्णु भुषालको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा लकाइले संस्थाको वार्षिक प्रगति विवरण पेस गरेका थिए। 

साधारणसभामा नवनिर्वाचित अध्यक्ष रेवन्त धौभडेलले नेपाल र स्वीट्जरल्याण्डबीच लामो मित्रता तथा व्यापारिक सम्बन्ध रहेको बताउँदै त्यसलाई अझै विकसित गरेर लैजानुपर्ने बताए। 

Skip This
Skip This
Logo