‘माधव नेपाल समूहको भेलामा सहभागी भए पार्टी विधान अनुसार कारबाही हुन्छ’ : ओली

‘माधव नेपाल समूहको भेलामा सहभागी भए पार्टी विधान अनुसार कारबाही हुन्छ’ : ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले आफ्ना नेता कार्यकर्तालाई माधव नेपाल समूहले आयोजना गरेको भेलामा सहभागी भए कारवाही गरिने चेतावनी दिएका छन् । यस समूहले चैत ४ र ५ गते काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गरेको छ। 

ओलीले आग्रहको अवज्ञा गरे पार्टीको विधान अनुसार अनुशासनको कारवाही हुने बताएका हुन् । ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको हो।

आजको चियापान कार्यक्रममा सहभागी हुन एमालेका केन्द्रीय सदस्यहरु तथा पार्टीका नेताहरु वालुवाटार भेला भएका छन् । चैत्र ७ गते बस्ने नेकपा (एमाले) को केन्द्रीय समितिको बैठकको पूर्व सन्ध्यामा ओलीले चियापान कार्यक्रमको आयोजना गरेका हुन्।

तर चियापान कार्यक्रममा एमालेका माधव नेपाल समूहले भने उपस्थिती जनाएको छैन। सोमबार ओली र नेपाल समूहबीच छलफल भएको भए पनि कुनै सहमति भने जुट्न सकेको थिएन। नेपाल समूहले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेलाको आव्हान गरेको छ।

Skip This
Skip This
Logo