नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत्र ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप पाउने बताएका छन्।
मंगलबार नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत्र ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपाल बीचको सत्ता समीकरणले मूर्त रुप पाउने बताएका हुन् । तीन दलबीच गठबन्धन हुने दाबी गर्दै उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलन गरिएका कारण तीन दलिय गठबन्धन प्राकृतिक हुने पनि बताए।
नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए।































प्रतिक्रिया