सूर्य नेपाल गल्फ टुर– २०२१ अन्तर्गत नेपाल सेन्ट्रल ओपनको दोस्रो चरणमा पनि भुवन नगरकोटीले अग्रता कायमै राखेका छन्।
गोकर्ण गल्फ क्लबमा दोस्रो चरणको खेल सकिँदा भुवनले दोस्रो स्थानका शुक्रबहादुर राईमाथि पाँच स्ट्रोकको अग्रता बनाउँदै अग्रता कायमै राखेका हुन्। ३६ होलको खेल सकिँदा भुवनले ११ अन्डर १३३ स्कोर बटुलेका छन्। उनले दोस्रो दिन तीन अन्डर ६९ को कार्ड बनाएका थिए। दोस्रो दिन पनि तीन अन्डर ६९ मा खेलेका शुक्रले ३६ होल सकिँदा ६ अन्डर १३८ स्कोर बटुल्दै भुवनलाई पछ्याइरहेका छन्।
१२ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता एमेच्योर गल्फर सुवास तामाङ तेस्रो स्थानमा छन्। उनले दोस्रो दिन दुई अन्डर ७० मा खेल्दै कुल पाँच अन्डर १३९ स्कोर कार्ड बनाए।
यस्तै सञ्जय लामाको चार अन्डर ६८ स्कोरसहित चौथो स्थानमा उक्लिएका छन्। यस्तै रामे मगरले दोस्रो चरणमा दुई अन्डर ७४ स्कोर खेलेपछि उनी पाँचौं स्थानमा झरेका छन्। उनको कुल स्कोर दुई अन्डर एक सय ४२ रहेको छ।































प्रतिक्रिया