सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य केही बढेको छ । सुन आज ३ सयले बढेको हो । 

यस हप्ता आइतबार सुन प्रतितोला ४ सयले बढेको थियो । सोमबार पनि सोही मूल्यमा कारोबार भएको सुनको मूल्यमा मंगलबार पनि हेरफेर भएन । 

सुनको मूल्य अघिल्लो साता लगातार उतारचढाव भएको थियो । आज छापावाला सुन प्रतितोला ८६ हजार ९ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ४५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ। चाँदी तोलामा एक हजार २७० मा कारोबार भइरहेको छ। 

Skip This
Skip This
Logo