नेपाल कम्युनिष्ट पार्टी (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरेकी छिन्।
बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल–खनाल समूहले ललितपुरमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते आफ्नो गुटको भेलाबाट पार्टीको विधान विपरीत आफू लगायतका पदाधिकारीहरुको जिम्मेवारी खोसेको भन्दै सो निर्णय फिर्ता लिन आग्रह गरेकी हुन्। आफूहरुले नेकपा (एमाले) लाई बलियो र सुदृढ बनाउन चाहेको उनको भनाइ छ। भेलामा उपस्थिति हुनेलाई ओली पक्षले कारबाही गर्ने धम्की दिएको भन्दै नेतृ शाक्यले आफूहरुको केन्द्रीय कमिटीको भेला नेकपा (एमाले) को आधिकारिक भेला भएकोले कार्यकर्तालाई नआत्तिन निर्देशित संकेत समेत गरिन्।
नेतृ शाक्यले केपी शर्मा ओली गुटको निर्णय सच्याएर आए आफूहरु खुला दिलले छलफल गर्न तयार रहेको बताइन्। आफुहरु पार्टीलाई एकढिक्का बनाउन चाहेको पनि उनको दाबी छ ।





























प्रतिक्रिया