चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ६८ हजार २ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ।
केन्द्रीय बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती ०७७÷७८ को सात महिनाको तथ्याङ्क मंगलबार सार्वजनिक गर्दै सो जानकारी गराएको हो । राष्ट्र बैंकका अनुसार ६८ हजार २ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्ब १२ अर्ब ३ करोड कर्जा बक्यौता रहेको छ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३५ हजार ८ सय १३ ऋणीलाई प्रवाह भएको ८२ अर्ब १८ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ३२ हजार ३ सय ९३ ऋणीको २९ अर्ब ८४ करोड कर्जा बक्यौता रहेको छ।





























प्रतिक्रिया