बल्खुकी सन्तोषी श्रेष्ठको हत्या उनकै श्रीमानले गरेको प्रहरीद्वारा जानकारी

बल्खुकी सन्तोषी श्रेष्ठको हत्या उनकै श्रीमानले गरेको प्रहरीद्वारा जानकारी

केन्द्रबिन्दु
0
Shares

महानगरीय प्रहरी परिसर काठमाडौंले बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो। प्रहरीले हत्यामा संलग्न सन्तोषलाई पनि सार्वजनिक गरेको छ । लागूऔषध दुर्व्यसनी सन्तोष श्रीमतीबीच सम्बन्ध राम्रो नभएको र घरायसी झैझगडाकै कारण उनले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले अपराधीले आफूले हत्या गरेको स्वीकार गरिसकेको जानकारी दिए।

प्रहरीले सन्तोषीको मृत शरीरलाई बोरामा प्याक गरि फालेको अवस्थामा फेला पारेको थियो । प्रहरीले टोखा नगरपालिका वडा नम्बर ३ का सूर्य दर्शनहाईटका आशिष लिम्बुको हत्यामा संलग्न ३ जनालाई पनि सार्वजनिक गरेको छ। लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्द्रकुमार शाहलाई सार्वजनिक गरिएको हो । उनीहरुसँग आशिषको झैझगडा भएको र त्यही रिसिइवीमा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले फागुन २९ गते टोखा मालुङको बाँसको झ्याङमा तन्नामा पोको पारी फालेको अवस्थामा आशिष लिम्बुको शव फेला पारेको थियो । दुवै घटनाका दोषी उपर अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ।

Logo