एकै दिन ८ सयले बढ्यो सुनको मूल्य, कति छ आज ?

एकै दिन ८ सयले बढ्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको भाउ बढेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पनि स्थिर रहेको थियो । आज बुधबार भने सुन एकै दिन ८ सयले बढेको छ ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रूपैंयाँ तोकिएको छ ।

बुधबार चाँदीको मूल्य भने ३० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १ हजार २४० रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Logo