चलचित्र पत्रकारहरूका लागि ‘कल्याणकारी कोष’ अभियान प्रारम्भ

चलचित्र पत्रकारहरूका लागि ‘कल्याणकारी कोष’ अभियान प्रारम्भ

केन्द्रबिन्दु
0
Shares

चलचित्र पत्रकार संघ नेपालले पत्रकार कल्याणकारी कोष अभियान प्रारम्भ गरेको छ । संघको २१ औं साधारणसभामा प्रमुख अतिथिको रूपमा उपस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङद्वारा शुभारम्भ गर्दै पत्रकार कल्याणकारी कोषको शुभारम्भ गरिएको हो।

चलचित्र पत्रकारहरूका लागि सुरुमा २० लाख रुपैयाँ बराबरको उक्त कोष खडा गर्ने गरि अभियान प्रारम्भ गरेको संघका महासचिव समिर बलामीले जानकारी दिए।

कोषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने तथा समस्यामा परेका चलचित्र पत्रकारहरुको हितमा काम गर्ने उद्देश्यले कोषको अभियान प्रारम्भ गरेको हो। संघको २१ औं वार्षिक साधारणसभा तथा तेस्रो विधानसभाको उपलक्ष्यमा कोषको घोषणा भएको हो।

कोष खडा गरिनुमा नेपाली पत्रकारिता जगतमा चलचित्र पत्रकारहरूको स्थान अन्य विधाभन्दा कम आँकलन गरिरहेको परिप्रेक्षमा पत्रकारहरूमा शो को अनूभुत नहोस् भन्ने उद्देश्य पनि रहेको संघले जनाएको छ ।

अब, संघको बार्षिक उत्सवका दिन अर्थात् जेठ ७ गतेसम्म कोषका लागि अभियान चलाउने र सोही दिन कल्याणकारी कोषको औपचारिक घोषणा गरिने संघले जनाएको छ ।

Skip This
Skip This
Logo