म्यानचेस्टर क्वाटरफाइनलमा, टोटेनहम बाहिरियो

म्यानचेस्टर क्वाटरफाइनलमा, टोटेनहम बाहिरियो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति इटालियन प्रतिद्धन्द्धी एसी मिलानलाई १–० ले तथा समग्रमा २–१ को जित निकाल्दै युनाइटेडले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिदा दोस्रो लेगमा युनाइटेडले १–० को जित निकाल्न सफल भएको थियो । युनाइटेडको जितमा फ्रान्सेली मिडफिल्डर पल पोग्वाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा गोल गरेका थिए ।

अर्को इंग्लिस क्लब टोटेनह्याम भने अन्तिम १६ बाटै बाहिरिएको छ । दोस्रो लेगमा क्रोएसियाको डाइनामो जाग्रेबसँग ३-० ले पराजित भएपछि टोटेनहम समग्रमा ३-२ को हार व्यहोर्दै बाहिरिएको हो ।

पहिलो लेगमा टोटेनहमले २-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा जाग्रेबले उत्कृष्ट पुनरागमन गर्यो । घरेलु मैदानमा जाग्रेबलाई जित दिलाउन मिस्लाभ ओर्सिचले ह्याट्रिक गरे ।

 

Skip This
Skip This
Logo