जनगणनाका लागि देशैभरि कार्यालय स्थापना, यस्तो छ तयारी

जनगणनाका लागि देशैभरि कार्यालय स्थापना, यस्तो छ तयारी

केन्द्रबिन्दु
0
Shares

आगामी राष्ट्रिय जनगणनासम्बन्धी काम गर्न सबै जिल्ला तथा प्रदेशमा कार्यालय खोलिएको छ ।

आइतबार ७७ वटै जिल्ला र सातवटै प्रदेशमा जनगणनासम्बन्धी आवश्यक कार्य गर्न कार्यालय खोलिएको हो । काठमाडौँमा पाँचवटा, सुनसरी, मोरङ, ललितपुर, रूपन्देही, कैलाली लगायतका जिल्लामा दुई÷दुईवटा तथा अन्य जिल्लामा एक÷एकवटा कार्यालय स्थापना गरिएको छ । 

नयाँ खोलिएका कार्यालयमा जिल्ला जनगणना अधिकारी र सहायक जिल्ला जनगणना अधिकारी आइतबार नै कार्यालयमा पुगिसकेका छन् ।

उक्त कार्यालयमा कार्य गर्ने दुई सय अधिकृतस्तरका कर्मचारीलाई विभागले यसअघि नै तालिम प्रदान गरिसकेको जनाइएको छ। तालिम लिएका तिनै कर्मचारी जिल्ला तथा प्रदेश कार्यालयमा गएका हुन्। केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले ती कर्मचारीले जनगणनासम्बन्धी जिल्लामा रहेका गणक र सुपरिवेक्षकको व्यवस्थापकीय कार्यमा भूमिका निर्वाह गर्ने जानकारी दिए। विभागले जिल्ला र प्रदेश कार्यालयमा जनगणनाका लागि आवश्यक सामग्रीसमेत पठाउन थालेको छ।

यस वर्षको जनगणनाका लागि ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय भएको छ। विभागले गत माघ ११ गते गणक र सुपरीवेक्षकका लागि अनलाइन माध्यमबाट करार सेवाका जनशक्ति भर्ना लिन आवदेन खुला गरेको थियो। आगामी ०७८ जेठ २५ देखि असार ८ सम्म जनगणना हुँदैछ।गोरखापत्रबाट

Logo