कृषि फार्ममा आगलागी, २० गाई जलेर मरे

कृषि फार्ममा आगलागी, २० गाई जलेर मरे

केन्द्रबिन्दु
0
Shares

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित कृषि फार्ममा आज भएको आगलागीमा २० वटा गाई जलेर मरेका छन् । गाउँपालिका अन्तर्गगत कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

सो फार्मका रहेका ६० मध्ये २० वटा गाई जलेर मरेका इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। तीमध्ये १० गाई घाइते र ३० वटा हराइरहेको फार्मका सञ्चालक मनोजकुमार साहले बताए। आगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपातसमेत जल्दा करीब ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ। 

सो आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दीनानाथ साह घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।रासस

Skip This
Skip This
Logo