‘हामीहरु पार्टी एकताकै पक्षमा छौं’ : माधव नेपाल

‘हामीहरु पार्टी एकताकै पक्षमा छौं’ : माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन्।

अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरुले पार्टी फुटाउने कुरा नगरेको बताएका हुन् । आफूहरु सधैं पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका सबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भएपनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको स्पष्ट पारे। 

राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारवाही गर्ने अध्यक्षले चेतावनी दिए पनि कसैको पनि पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने भन्दै कार्यकर्ताहरुलाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन निर्देशन दिए।

उनले भने, “पूर्व एमालेको ठाउँमा फर्किऔं। कार्यकर्ता भेलामा भनेको कुरा के हो भने ? हामी पार्टी फुटाउने होइन। पार्टी एकताबद्ध बनाएर लैजाने हो । २०७५ साल जेठ ३ गते  दुईवटा पार्टी एकतावद्ध भए। एकताबद्ध हुनुभन्दा पहिले जेठ २ गते सम्म जुन जुन संरचना थिए। जो जो पदाधिकारी, सदस्य थिए । ती सबैलाई यथावतरुपमा जिम्मा दिनु पर्छ । पार्टी एकताबद्ध भएर अघि बढाउनु पर्छ । तपाईंहरु एमाले पार्टीको हुन्जेल कसैले तपाईंको पद खोस्न सक्दैन।”

नेता नेपालले सांसदहरुको सवालमा के कस्तो हुन सक्छ भनेर आफूहरुले परामर्श गरिरहेकाले नआत्तिईकन कम्युनिष्ट एकताको आन्दोलनमा लाग्न पनि निर्देशन दिए। केही समय अघि अध्यक्ष ओली समूह अन्तर्गतको अखिल महिला संघले पनि राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो।

Skip This
Skip This
Logo