सरकार संविधानको मूल्य र मान्यता अनुरुप अगाडी बढ्छः सुवास नेम्वाङ

सरकार संविधानको मूल्य र मान्यता अनुरुप अगाडी बढ्छः सुवास नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङले सरकार संविधानको मुल्य र मान्यता बमोजिम अगाडी बढ्ने बताएका छन् । 

शुक्रबारको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उपनेता नेम्वाङले सरकार संविधानले स्थापित गरेका मूल्य र मान्यता बमोजिम अगाडी बढ्नको लागि दृढ रहेको बताएका हुन् । हालसम्म नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै उनले विश्वासको मत फिर्ता लिएपछि पनि सरकार संविधान बमोजिम नै अगाडी बढ्ने टिप्पणी गरे । 

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीको विकल्पको लागि नेपाली कांग्रेसभित्र एकमत रहेको बताए । सत्ता समिकरणका लागि जनता समाजवादी पार्टीको भूमिका महत्वपूर्ण हुने भएकाले जसपा कांग्रेस नेतृत्वमा सरकार बनाउन तयार भए नेपाली कांग्रेस तयार रहेको प्रतिक्रिया दिए । 

जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले जसपाका बन्दीहरु रिहाई, मुद्दा फिर्ता र संविधान संशोधनको माग पुरा गर्नेलाई समर्थन गर्ने बताए । नेकपा (माओवादी केन्द्र) का सांसद राम कार्कीले जसपाले देशलाई प्रतिगमनतिर लान खोज्ने प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने विश्वास व्यक्त गरे । सांसद कार्कीले जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गरे जसपाको राजनीतिक भविष्य राम्रो नहुने पनि बताए ।

Skip This
Skip This
Logo