जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम बद्ली हुने भएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभरिको मौसम बद्ली हुने महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको छ । केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि मौसमविद्हरुले जनाएका छन् ।
आज राति प्रदेश १ को पहाडी भागमा आंशिकदेखि सामान्य बद्ली रही देशका केही ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।































प्रतिक्रिया