जिउँदै खाल्डोमा पुरेकाे अभियोगमा जेसीबी चालक पक्राउ

जिउँदै खाल्डोमा पुरेकाे अभियोगमा जेसीबी चालक पक्राउ

केन्द्रबिन्दु
0
Shares

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ बस्ने ४० वर्षीया सरस्वती कुमाललाई खाल्डोमा पुरी फरार रहेका ४ालकलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले प्रदेश ३-०१-००३ क ६५६४ नम्बरको जेसीबीका चालक सल्यान छाँयाक्षेत्र घर भई हाल छत्रेश्वरी गाउँपालिका-६ रानागाउँ बस्ने जिवन भन्ने २२ वर्षीय भीमबहादुर बुढाथोकीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका-१ खोल्सीस्थित सडकखण्डमा सडक मर्मत गर्दै गर्दा माटो फाल्ने क्रममा सरस्वतीलाई माटो फाल्ने बकेटले ठक्कर दिई सोही ठाउँमा माटोले पुरी घटनास्थलबाटै फरार भएका चालकलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल भारत सिमास्थित कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo