उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउनको निम्ति महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयमसेवक परिचालन गरेको छ ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित गराउनका लागि पैदलयात्रीलाई ट्राफिक सचेतना दिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्सेवक परिचालन गरेको हो । महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना, ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरी ९५ जना विद्यार्थीहरुलाई स्वयमसेवकसम्बन्धी प्रशिक्षण दिइ सवारी तथा पैदलयात्रीको चाप हुने विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा १० दिनसम्मका लागि सोमबारदेखि परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।
ट्राफिक स्वयसेवकले सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए ।





























प्रतिक्रिया