अनलाइन पुम्से तेक्वान्दोमा सन्जिव र प्रेमलाई स्वर्ण

अनलाइन पुम्से तेक्वान्दोमा सन्जिव र प्रेमलाई स्वर्ण

केन्द्रबिन्दु
0
Shares

सन्जिव नेपाली र प्रेमकुमार दर्नालले उताह अन्तर्राष्ट्रिय अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । 

पुरुष ३१–४० वर्षमा सन्जिवले अमेरिकाका जोन स्विनेलाई पछि पारे । ४१–५० वर्षमा प्रेमले अमेरिकाकै रायन किफेलाई पन्छाए ।

महिला १८–३० वर्ष तर्फ सन्दिपा अम्गाईंले रजतमा चित्त बुझाइन् । सन्दिपा सिंगापुरकी पोह वान जर्जियासँग चुकिन् । प्रतियोगिता अमेरिकाको ओङ्स तेक्वान्दो स्कुलको आयोजनामा मार्च २१ र २२ तारिखमा भएको थियो ।

Skip This
Skip This
Logo