शेयर बजार १४.५७ अंकले वृद्धि, जलविद्युतमा लगानीकर्ताको आकर्षण

शेयर बजार १४.५७ अंकले वृद्धि, जलविद्युतमा लगानीकर्ताको आकर्षण

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन सोमबार २४.०८ प्रतिशतले घटेको शेयर बजार तेस्रो दिन १४.५७ प्रतिशतले बढेको छ । आज नेप्से परिसूचक १४.७५ प्रतिशतले बढेर २ हजार ५२८.९५ विन्दुमा पुगेर कारोबार बन्द भएको छ।

आज २०८ कम्पनीहरुको १ करोड २ लाख ७६ हजार ७१० कित्ता शेयर कारोबार भएको छ। जसमा ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज ९८ वटा कम्पनीको शेयर मूल्य बढेको छ। त्यस्तै, ६६ वटा कम्पनीका शेयरधनीको शेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। जसमा साल्ट ट्रेडिङ, चन्द्रागिरि हिल्स, रसुवागढी हाइड्रोपावर, कालिका पावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनी छन्। त्यस्तै अपर तामाकोशी जलविद्युत कम्पनीको पनि शेयर मूल्य बढेको छ। नेप्सेमा सूचिकृत भएदेखि लगातार रुपमा प्रतिकित्ता शेयर मूल्य बढीरहेको छ। 

नेप्सेमा सुरुवाती मूल्य प्रतिकित्ता १ सय ६४ रुपैयाँमा कारोबार सुरु भएको थियो। आजसम्म कम्पनीको मूल्य बढेर १ हजार ७१९ रुपैयाँ पुगेको छ। 

त्यसैगरी सबैभन्दा बढी मूल्य घट्ने कम्पनीहरुमा पञ्चकन्या माइ हाइड्रोपावर, सप्तकोशी डेभलपमेण्ट बैंक, हिमालयन पावर पार्टनर, अरुण भ्याली हाइड्रोपावर र युनाइटेड फाइनान्स रहेकाछन् ।

Skip This
Skip This
Logo