सर्लाहीको वरहथवा नगरपालिकाले आफ्नो जिल्लामा जन्मिएर देशको विभिन्न स्थानमा रहेर काम गरिरहेका स्थापित श्रष्टा, कलाकार, पत्रकार तथा खेलाडीलाई सम्मान गरेको छ। ‘सर्लाही स्वर्णीम सम्मान २०७७’ नाम दिएर आयोजना गरिएको कार्यक्रममा दर्जनौं कलाकार तथा पत्रकार सम्मानित भएका थिए। सम्मानित व्यक्तिहरुलाई टायरगाढामा राखेर नगर परिक्रमा समेत गराइएको थियो।
विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिसहितको कार्यक्रममा साहित्यकार दिनेश अधिकारी, नायक निखिल उप्रेती, कलाकार पवन मैनाली, निर्देशक प्रदिप भट्टराई, सम्झना उप्रेती रौनियार, पूर्णेन्दु झा, गायक शिव परियार, कमल खत्री, कर्णराज गिरी, यश कुमार, संगीतकार टीका बम्जन, रंगकर्मी विजय बराल, कलाकार शिवशंकर रिजाल, कविता नेपाली, राष्ट्रिय खेलाडी लेखनाथ मैनाली, रीता कार्की मैनाली, गंगा कुशवाह, पत्रकार दिवाकर मैनाली, नरेश भट्टराई, प्रदिप कार्की, सरोज गिरी लगायत सम्मानित भएका थिए।

नविन गिरी र नविन यादवद्वारा संयोजन गरिएको कार्यक्रममा नायक निखिल उप्रेती, गायकद्वय शिव परियार र कमल खत्री, वुगी वुगीकी विजेता कविता नेपालीलगायतको क्रेज उल्लेख्य देखिएको थियो।
यस कार्यक्रमले आगामी बर्षमा पनि निरन्तरता पाउने संयोजक नविन गिरीले जानकारी दिए।





























प्रतिक्रिया