के हो आइपीओ, किन गर्ने लगानी ?

के हो आइपीओ, किन गर्ने लगानी ?

केन्द्रबिन्दु
0
Shares

शेयर बजार अनिश्चितताले भरिएको बजार हो । यो बजार एकैपटक माथि पुग्छ भने अर्को पलमै तल झर्छ यसरी एक पलमै धेरै अन्तर आउन नदिनका लागि सर्किटसमेत लगाउने गरिएको छ । यसरी हेर्दा शेयर बजारको बारेमा यही नै हुन्छ भनेर अन्दाज लगाउन कठीन छ । यद्यपी अहिले शेयर बजारमा प्रवेश गरेका र गर्न चाहने अत्याधिक छन् । 

तपाईंले पनि शेयर बजारमा लगानी गर्ने बिचार गर्दै हुनुहुन्छ तर कसरी लगानी गर्ने भनेर सोच्दै हुनुहुन्छ अथवा शेयर बजारको राम्रो ज्ञान छैन भने नआतिनुहोस् । किनभने यसको प्रक्रिया झन्झटिलो छैन । बस तपाईँ ले केही कुराको अध्यन गर्न र शेयर बजारमा ध्यान दिन सिक्नुहोस् । शेयर बजारमा लगानी गर्ने दुई वटा प्रक्रियाहरु छन् । 

१. प्राइमरी मार्केट
२. सेकेन्डरी मार्केट

प्राइमरी मार्केटमा आइपीओमार्फत शेयरमा लगानी गर्न सकिन्छ भने सेकेन्डरी मार्केटमा सिधै स्टक मार्केटमा लिस्टेड भएका शेयरमा लगानी गर्न सकिन्छ ।

जब कुनै कम्पनीले पहिलो पटक आफ्नो शेयर पब्लिकका लागि जारी गर्छ भने यसलाई आइपीओ भनिन्छ । यसमा कम्पनीले आफ्नो शेयर सर्वसाधारणलाई जारी गर्दछ यो प्राइमरीमार्केट अन्तर्गत पर्दछ । 

अर्थात आइपीओको माध्यमद्वारा कम्पनीले फन्ड एकत्रित गर्दछ र त्यस फन्डलाई कम्पनीको प्रगतिका लागि खर्चिने गर्दछ । त्यसको सट्टा आइपीओ किन्नेहरुलाई कम्पनीमा आफ्नो लगानी बराबरको हिस्सा प्राप्त हुन्छ । एउटा कम्पनीले एक पटकभन्दा बढी पनि आइपीओ जारी गर्न सक्दछ । साधारणतया कम्पनीले कैयौ कारणले गर्दा आइपीओ जारी गर्ने गर्दछन् ।

आइपीओ ल्याउने कारणहरु :
१. कम्पनीको विस्तारका लागि 
यदि कुनै कम्पनी लगातार अघि बढीरहेको छ र त्यस कम्पनीको विस्तारको आवश्यकता छ र अन्य शहरमा पनि यसको शाखा विस्तारको आवश्यकता छ एवं सर्वसाधारणको पनि आवश्यकता छ भने यस्तो अवस्थामा त्यस्ता कम्पनीले आइपीओ जारी गर्न सक्छन् । 

कम्पनीको विस्तारका लागि बैंकसँग लोनसमेत लिन सकिन्छ तर बैंकबाट लिइएको लोन निश्चित समयमा निश्चित ब्याजसहित भुक्तानी गर्नुपर्ने हुन्छ । तर कम्पनीले आइपीओमार्फत फन्ड जम्मा गर्दछ भने त्यसको भुक्तानी गर्ने कुनै समयावधि समेत हुँदैन र त्यसको ब्याजसमेत बुझाउनु पर्दैन । यसले कम्पनीलाई यस्ता किसिमका झन्झटबाट समेत बचाउँदछ ।  

त्यसैगरि अब कुरा गरौं आइपीओ खरिद गर्नेहरुका लागि हुने फाइदाको : जुनसुकै आइपीओमा लगानी गर्ने लगानीकर्ता हुन्छन् । उनीहरुलाई त्यस कम्पनीमा खरिद गरिएको शेयर बराबरको हिस्सा मिल्दछ अर्थात् कुनै एक कम्पनीले केही शेयर आइपीओका लागि निकालेको छ र तपाईंले त्यसको १ प्रतिशत हिस्सा खरिद गर्नुभएको छ भने तपार्इं त्यस कम्पनीको १ प्रतिशत हिस्साको मालिक हो । यसरी आइपीओद्वारा कम्पनी र लगानीकर्ता दुबैलाई फाइदा हुन्छ । 

२. कर्जा कम गर्नका लागि 
जब कुनै कम्पनी धेरै कर्जामा डुबेको छ भने पनि त्यस्तो अवस्थामा कम्पनीले आइपीओ जारी गर्न सक्छ । यस्तो अवस्थामा कम्पनीले कुनै बैंकबाट कर्जा लिएर कर्जा तिर्नुभन्दा कम्पनीको केही हिस्सा शेयर बेचेर त्यसको भुक्तानी गर्नु ठिक ठान्न सक्छ । यसरी कम्पनीको एकातिर कर्जा पनि भुक्तानी हुन्छ भने अर्कातिर कम्पनीलाई नयाँ लगानीकर्ताहरु समेत प्राप्त हुन्छ र लगानीकर्तालाई कम्पनीमा केही हिस्साको मालिक बन्ने अवसर समेत मिल्दछ ।

३. नयाँ प्रडक्ट वा सर्भिस लन्च गर्न
आइपीओ लन्च गर्नुपर्ने अर्को कारण हो, प्रडक्ट र सर्भिस लन्च गर्नु । जब कुनै कम्पनी कुनै नयाँ प्रडक्ट र सर्भिस लन्च गर्दछ भने कम्पनीले त्यसको विकास र विस्तारका साथै धेरै मानिसमा पुगोस् भन्ने चाहन्छ । त्यसैले पनि कम्पनीले आइपीओ जारी गर्ने गर्दछ । 

Skip This
Skip This
Logo