प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को संसदीय दलको बैठक बोलाएका छन्।
शुक्रबार दिउँसो ३ बजेका लागि उनले संसदीय दलको बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
यता एमालेका नेता माधव नेपाल समूहले पनि शुक्रबारका लागि केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ।
बैठक बिहान ११ बजे बस्ने गरि बोलाइएको हो । चैत ७ गतेको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टीको विवाद र ४ जना नेताहरुलाई प्रधानमन्त्री ओलीले सोधेको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको हो।
यस अघि राजधानीमा आयोजित एक कार्यक्रममा नेता नेपालले ओलीले सोधेको स्पष्टीकरणसँग कुनै सम्झौता नगर्ने बताएका थिए।





























प्रतिक्रिया