सम्पदाहरुको संरक्षण र सम्बर्द्धनमा सरकार गम्भीर नभएको सांसदहरुको आरोप

सम्पदाहरुको संरक्षण र सम्बर्द्धनमा सरकार गम्भीर नभएको सांसदहरुको आरोप

केन्द्रबिन्दु
0
Shares

पर्यटकीय तथा पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षण र सम्बर्द्धनमा सरकार गम्भिर नभएको सांसदहरुले आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहिबारको बैठकमा बोल्दै सांसदहरुले पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको संरक्षण र सम्बद्र्धनमा सरकार गम्भिर नभएको बताएका हुन् । समितिकी सभापति पवित्रा निरौला खरेलले पर्यटकीय क्षेत्रको विकासको सम्बन्धमा सरकारलाई निर्देशन नै दिनुपर्ने आवश्यकता रहेको बताइन् । पर्यटकीय क्षेत्रको विकास र संरक्षणका लागि धेरै काम गर्नुपर्ने भन्दै उनले सरकारले ठोस नीति र योजना बनाउन सक्नुपर्ने जिकिर गरिन् । ठोस नीति र योजना नहुँदा पर्यटकीय क्षेत्रको सम्र्बद्धनमा बजेट नियमित हुन नसकेको पनि उनको भनाइ छ ।

सांसद मोहन बानियाँले पर्यटकीय क्षेत्रलाई सुचिकृत गर्नुपर्ने आवश्यकता रहेको औल्याए । कतिपय क्षेत्रलाई सरकारले पर्यटकीय गन्तव्यमा सुचिकरण नगरेको भन्दै छुटेका सम्पदाहरुलाई सूचिकरण गर्नुपर्ने र सूचिकृत भएकालाई प्रचारप्रसार गर्नुपर्ने उनले बताए ।

सांसद रेनुका गुरुङले आन्तरिक पर्यटनलाई महत्व दिएर सातै प्रदेशमा आ–आफ्नो संस्कृति, परम्परा र संस्कार झल्कने गरी भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्ने धारणा व्यक्त गरिन् । सबै प्रदेशमा पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजीका लागि स्थलगत भ्रमण गर्नुपर्नेमा उनको जोड छ । त्यस्तै सांसद उमा रेग्मीले पर्यटन उद्योगलाई परिचालन र परिमार्जन गर्न सरकारको ध्यान नजानुले देशले घाटा व्यहोर्नुपरेको बताइन् । 

Logo