कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले नेपालको कृषि उत्पादनमा वृद्धि भएको बताएकी छिन् ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट पशुपंक्षीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा बोल्दै मन्त्री अर्यालले परम्परागत कृषि प्रणालीहरु परिवर्तन हुँदै व्यवसायिकतातर्फ उन्मुख भएको बताएकी हुन् । निकट भविष्यमा दुध र माछामा पनि आत्मनिर्भर भएको घोषणा गरिने पनि उनले बताइन् । आगामी पाँच वर्षमा कृषि र पशुपंक्षीको क्षेत्रमा निर्यात गर्ने गरी पञ्चवर्षीय योजना बनाउने पनि उनको जिकिर छ ।
मन्त्री अर्यालले आगामी आर्थिक वर्षदेखि विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई कृषिमा आर्कषित गर्ने उद्देश्यका साथ विद्यालयहरुमा कृषि प्रयोगशाला निर्माण गर्ने पनि बताइन् ।
मन्त्रालयले कृषिको क्षेत्रमा चलाएका विभिन्न कार्यक्रमहरुको पुनरावलोकन गरिने पनि मन्त्री अर्यालको भनाइ छ । आगामी दिनमा परम्परावादी र खुद्रे खालका कार्यक्रमहरु नराखी उत्पादन बढाउने खालका कार्यक्रम राखिने उनको दाबी छ ।































प्रतिक्रिया