भारतमा बढ्दै कोरोना संक्रमण, एकै दिन थपिए ५९ हजार बढी सङ्क्रमित

भारतमा बढ्दै कोरोना संक्रमण, एकै दिन थपिए ५९ हजार बढी सङ्क्रमित

केन्द्रबिन्दु
0
Shares

भारतमा ५९ हजार ११८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको मन्त्रालयले जानकारी दिएको छ। 

गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 

सोही अवधीमा यहाँँ कूल सङ्क्रमितमध्ये चार लाख २१ हजार ६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ६४ हजार ६३७ जना सङ्क्रमणमुक्त भएका छन्।

भारतमा गत जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म पाँच करोड ५० भन्दा बढीले खोप लगाइसकेका छन्। 

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ८६ लाख तीन हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ। बिहीबार एकै दिनमा ११ लाख ७५६ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ।रासस

Skip This
Skip This
Logo