अमेरिकामा आएको आँधीबाट ६ जनाको मृत्यु

अमेरिकामा आएको आँधीबाट ६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि ६ जनाको ज्यान गएको बताइएको छ। अमेरिकाको दक्षिणी क्षेत्रमा यस्तो आँधी आएको हो। 

यसबाट यहाँको ठूलो क्षेत्रका नागरिकहरु प्रभावित भएका समाचारमा जनाइएको छ। अलाबामामा आँधीमा परेर पाँच जनाको ज्यान गएको छ र अरु केही व्यक्ति घाइते पनि भएका छन्। 

यसबाट यस क्षेत्रका धेरै नागरिक प्रभावित भएका छन्। यस आँधीबाट यहाँका कैयौँ घरमा क्षति पुगेको छ। केही घर आँधीले भत्काइदिएको छ।

त्यस्तै अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ। अलाबामामा शुक्रबार बिहान आएको आँधीले यहाँको ३८ हजारभन्दा बढी घर विद्युतीकरणबाट वञ्चित भएका छन् भने ठूलो जनसंख्यालाई प्रभावित पारेको छ। 

त्यसैगरी दक्षिणी न्युन्यान्समा पनि आँधीबाट एकजनाको ज्यान गएको छ। त्यस क्षेत्रमा बिहीबार रातिदेखि नै टोर्नाडो आएको थियो। यी दुई क्षेत्रमा आँधी आउने सम्भावना अझै पनि रहेकोले सतर्क रहन भनिएको छ। 

यहाँको सरकारले ती क्षेत्रका नागरिकलाई घरबाहिर ननिस्किन भनेको छ भने उद्धार र सहयोगका लागि आवश्यक तयारी गरिरहेको बताएको छ।रासस

Skip This
Skip This
Logo