भारतमा एकै दिन ६२ हजार ७१४ कोरोना संक्रमित थपिए

भारतमा एकै दिन ६२ हजार ७१४ कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। केहि दिन यता दैनिक ६० हजार बढी संक्रमित थपिरहेका छन्।

पछिल्लो २४ घन्टामा मात्रै भारतमा ६२ हजार ७ सय १४ संक्रमित थपिएका छन् भने ३ सय १२ जनाले ज्यान गुमाएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा आजसम्म कूल संक्रमितको संख्या १ करोड १९ लाख ७१ हजार ६ सय २४ पुगेको छ।

यस्तै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या १ लाख ६१ हजार ५ सय ५२ पुगेको छ।

Skip This
Skip This
Logo