यस्तो देखियो बसन्तपुरमा होलीको रौनक

यस्तो देखियो बसन्तपुरमा होलीको रौनक

केन्द्रबिन्दु
0
Shares

आज फागुन शुक्ल पूर्णिमा अर्थात् रङहरुको पर्व होली मनाइँदैछ।

आज हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइँदैछ। तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ। हिमाल, पहाड र तराईमा फरक फरक दिन मनाउने गरिएपनि पर्वको शुरुआत भने होलीको चीर ठड्याइएको दिनदेखि हुन्छ। यस वर्ष काठमाडौंको बसन्तपुरमा चैत्र ८ गते चीर ठड्याइएको थियो। 

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्नको लागि ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलीकालाई झिकाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलीका आफैं जलेर भष्म भएको र प्रल्हादको भक्तिका कारण आगोले छुन नसकेको कथा होलीपर्वसँग जोडिएको र पापी प्रवृत्ती भएकी होलीकाको मृत्यु भएको खुसीयालीमा परापूर्वकालदेखि होली मनाइँदै आएको कथन छ। 

चीर ठड्याइएको स्थान बसन्तपुरमा आइतबार दिउँसो पुग्दा सर्वसाधारणहरुले उल्लासका साथ होली खेलिरहेको देखिएको छ। सरकारले कोरोनाको दोस्रो लहर सुरु हुन सक्ने भन्दै भीडभाड नगर्न आग्रह गरेपनि मानिसहरु बसन्तपुर क्षेत्र पुगेर रङ खेलेका थिए। 

धालसिक्व मानन्धर सनाःगु खलका सचिव गजेन्द्रप्रसाद मानन्धरले ठड्याइएको चीरलाई आज बेलुका ढालिने बताए। चीर ढाल्नका लागि ७ बजेर ३७ मिनेटको साइत निस्किएको पनि उनले बताए। त्यसपछि गर्जोपल्टनसहितको टोलीले बसन्तपुर–इन्द्रचोक–न्युरोड हुँदै टुँडिखेलसम्म पुर्याएर राति ८ बजेर ५३ मिनेटमा चीरको विधिपूर्वक दाह गरिने पनि सचिव मानन्धरले बताए।

Skip This
Skip This
Logo