केन्द्रबिन्दु बुलेटिन : काठमाडौंका घर-घरमा मेलम्चीको पानी वितरण (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : काठमाडौंका घर-घरमा मेलम्चीको पानी वितरण (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये बहुप्रतिक्षित मेलम्ची परियोजनाको पानी आइतबारबाट काठमाडौंका धारामा खस्न थालेको छ। सुन्दरीजलबाट मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएको पानी २ बजेपछि जनताको घरमा पुगेको हो। पहिलो दिन पुरानो वितरण लाइनबाट धारामा पानी छोडिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। अहिले पुरानो धारामा खसेको पानी तत्काल पिउनयोग्य भएको जनाइएको छ भने नयाँ प्रणालीबाट वितरण गरिएको पानीको भने परीक्षण हुन बाँकी नै रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ।

प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका म्यानमारका जनतामाथि सेनाको ज्यादति झनै तिव्र भएको छ। शनिबार एकै दिन सेनाले त्यहाँका १ सय १४ सर्वसाधारणलाई गोली हानि हत्या गरेको छ। म्यानमार सेनाको यस प्रकारको नरसंहारप्रति अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ भने, संयुक्त  राष्ट्र संघले तत्काल सेनाको ज्यादति रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ। 

जापानी बक्सर खोतेजुलाई परास्त गर्दै युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले विश्व कीर्तिमानि राखेका छन्। टोकियो शहरमा आइतबार सम्पन्न सो महोत्सवमा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै उपाधी आफ्नो पोल्टामा पारेका थिए। अविरल कम उमेरमा सो प्रतियोगिताको उपाधी हात पार्ने पहिलो नेपाली युवा खेलाडीसमेत हुन्।

पुराना सम्झौता पूर्णरुपमा कार्यान्वयन नभएसम्म काठमाडौंको फोहोर विर्सजनमा ओखरपौवा सिसडोलवासीले पूर्णरुपमा अवरोध जनाएका छन् । काठमाडौं महानगरपालिका लगायत उपत्यकाका १८ वटा नगरपालिकासँग यस अघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने उनीहरूको माग छ। सोही एजेण्डामा उनीहरूले चैत १३ गतेबाट फाहोर विर्सजनमा अवरोध गरिरहेका छन्। 

फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइएको छ। तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा रहेको छ। 

Skip This
Skip This
Logo