आज एकैदिन दुई हजार बढी चालक कारवाहीमा

आज एकैदिन दुई हजार बढी चालक कारवाहीमा

केन्द्रबिन्दु
0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने दुई हजार बढी चालकलाई कारवाही गरेको छ । होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारवाही गरेको महाशाखाले जनाएको छ । सो क्रममा महाशाखाबाट ९०० बढी ट्राफिक प्रहरी खटाएको जनाइएको छ । ट्राफिक व्यवस्थापनको योजना तयार गरी होलीमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहानदेखि साँझसम्मै सुरक्षा कडा पारी जाँच गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए । 

होली मनाउने क्रममा तीब्रगति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी हुइक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउनेजस्ता गतिविधिमा संलग्न चालक उपर निगरानी बढाई कारवाही गरिएको उनले बताए ।महाशाखाले आज मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ जनालाई कारवाही गरेको छ । विना हेल्मेट र तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लङ्घन गर्ने एक हजार ६०९ सवारी चालकलाई कारवाही गरिएको र होहल्ला गरी सवारी चलाउने, जबरजस्ती रङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पाङ्ग्रे र ४६८ वटा दुई पाङ्ग्रे सवारी साधन होल्ड गरी कारवाही गरिएको महाशाखाले जनाएको छ ।

Skip This
Skip This
Logo