अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) सँग मिलेर काम गरिरहेको भारतीय तथा अमेरिकी वैज्ञानिकको टिमले इन्टरनेशनल स्पेश स्टेशन (आइएसएस)मा सूक्ष्म जीवको खोजी गरेका छन्। यो अरु कुनै जीव नभएर त्यहाँको विभिन्न सतहमा हुने व्याक्टेरिया हो, जसको चार नयाँ प्रजातिको खोजी भइरहेको छ। यसको तीन नयाँ प्रजातिका बारेमा संसार अहिलेसम्म बेखबर थियो। धरतीभन्दा धेरै टाढा यो एकान्त स्थानमा ब्याक्टेरियाको चार नयाँ प्रजाति भेटिनुले वैज्ञानिक अचम्ममा परेका छन्।
यी जीवाणुको पहिचान पहिलो पटक सन् २०१५ तथा २०१६ मा भएको थियो। जुन इन्टरनेशनल स्पेश स्टेशन (आइएसएस) को ओभरहेड प्यानलमा भेटिएको थियो। अरु भने निरिक्षण कक्ष तथा काम गर्ने क्षेत्रमा भेटिएको थियो। अर्को भने इन्टरनेशनल स्पेश स्टेशन (आइएसएस) को खानाको मेजमा पाइएको थियो। यसको चौथो प्रकार भने पुरानो हेपा एअर फिल्टरमा पाइएको थियो।
यो ब्याक्टेरियाको सबै प्रजाति माटो तथा गुलियो पानीमा पाइने ब्याक्टेरियाको परिवारसँग सम्बन्धित छ। यी जिवाणु नाइट्रोजन निर्धारण तथा विरुवाको विकाससँग सम्बन्धित छ। साथै विरुवालाई बिरामी गराउने ब्याक्टेरियासँग लड्न मद्दत गर्ने गर्छ । कुनै चिजलाई विशेषरुपमा बढ्न यसले मद्दत गर्छ।
वैज्ञानिकहरु माटो तथा पानीमा पाइने यो ब्याक्टेरिया इन्टरनेशनल स्पेश स्टेशन (आइएसएस) मा के गरिरहेका छन् भन्नेमा अचम्ममा परेका छन्। जबकि त्यहाँ वैज्ञानिकहरु एकदमै कम खाने गर्छन्। साथै विरुवामा पाइने यो ब्याक्टेरिया कसरी यहाँसम्म आइपुगे ? यदि आइ नै पुगेपनि यिनीहरु कसरी जिवित रहेका छन्। वैज्ञानिकलाई जेनेटिकल सिक्वेन्सबाट के जानकारी भएको छ भने यी मध्ये तीनवटा प्रजातिका सम्बन्ध अज्ञात ब्याक्टेरियासँग रहेको छ।
यी तीन ब्याक्टेरियालाई IF7SW-B2T, IIF1SW-B5 और IIF4SW-ब ५ नाम दिइएको छ। जबकि यसको चौथो प्रजाति माइक्रोबियल प्रजातिसँग सम्बन्धित छ। जसको नाम मेथिलोरुब्रम रोडेशियानम हो।































प्रतिक्रिया