अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार अर्थात आज हुने थ्री नेसन्स कपको फाइनल खेलको टिकट मूल्य बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल अघि एन्फाले टिकट दरमा वृद्धि गरेको हो ।
फाइनल खेलमा एक्कासी टिकटदर बढाउँदै एन्फाले साधारण तर्फ १ हजार र भिआईपी तर्फ २ हजार पुर्याएको हो । यसअघि एन्फाले टिकट दर साधारणतर्फ ७ सय र भिआईपी तर्फ १५ सय बनाएको थियो ।
रंगशालामा साँझ साढे ५ बजे हुने फाइनल खेलमा नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेश फुटबल टोलीबीच उपाधिका लागि भिडन्त हुँदैछ । जुन खेलमा नेपालका सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिँदैछन् ।
एन्फाले यस प्रतियोगितामा टिकट, स्पोन्सर र ब्रोडकाष्टिङबाट १ करोड ५० लाख उठाउने योजना बनाएको थियो । उठेको रकमबाट १ करोड एन्फाले प्रतियोगिताको सम्पन्न गर्न खर्च हुने र बाँकी ५० लाख फुटबलका अन्य कार्यक्रममा लागि खर्च हुने बताएको थियो ।
एन्फाले बंगलादेश र किर्गिस्तानसँगको दुई खेल र फाइनल खेल गरी ३ खेलमा १ करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको थियो । तर टिकट दरको मंहङ्गीसँगै दर्शक मैदान प्रवेश नगर्दा पहिलो र दोस्रो दिन निकै नै कम टिकट बिक्री भएको थियो ।































प्रतिक्रिया