साताको शेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक ५.४५ अंकले घटेको छ । आज नेप्से ५.४५ अकंले घटेर २ हजार ५४३.५२ विन्दुमा झरेर कारोबार बन्द भएको छ ।
त्यस्तै काज कारोबार रकम पनि घटेको छ । गत बिहीबार साढे ६ अर्बभन्दा बढीको शेयर खरिद÷बिक्री भएको थियो । तर आज कारोबार भएका २०९ कम्पनीको ९१ लाख ३८ हजार शेयर खरिद÷बिक्रि हुदाँ कारोबार भने ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार रुपैयाँ बराबरको भएकोे छ ।
नेप्से र कारोबार रकम घटेपनि आज तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा उन्नती सहकार्य लघुवित्त, अजोड इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
तर यता निरन्तर २० कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको चन्द्रागिरी हिल्सको शेयरमूल्य भने सर्वाधिक ७.१७ प्रतिशत घटेको छ। त्यस्तै माउन्टेन हाइड्रोको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अग्रस्थानमा छ । यस कम्पनीको आज ४४ करोड ३१ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर खरिद÷बिक्री भएको छ भने अपर तामाकोशी र चन्द्रागिरी हिल्सको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।





























प्रतिक्रिया