वामपन्थी नेता मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि

वामपन्थी नेता मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको थियो । उनको अन्त्येष्टि मंगलबार पशुपति आर्यघाटमा गरिएको हो । नेता मानन्धरलाई नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्वसभामुख कृष्णबहादुर महरा लगायतका नेताहरुले अन्तिम बिदाइ गरेका थिए।

नेता मानन्धर नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार नेताको रुपमा परिचित छन्। उनको नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) बनाउनको लागि महत्वपूर्ण भुमिका रहेको छ। मानन्धर लामो समयसम्म नेकपा(संयुक्त)को महासचिव थिए।

Skip This
Skip This
Logo