नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ जना पुगेको छ। आज १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३९० जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७२७ पुगेको छ।
आज ३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ। नेपालमा हालसम्म २२ लाख ६७ हजार ४०८ जनाको पीसीआर परीक्षण गरिएको छ।































प्रतिक्रिया