सरकारले कोरोनाको निःशुल्क उपचार गर्नुपर्ने कांग्रेसको मागदेखि आजबाट खाद्य संस्थानले खसी बोका बिक्री गर्योसम्म (भिडियोसहित)

सरकारले कोरोनाको निःशुल्क उपचार गर्नुपर्ने कांग्रेसको मागदेखि आजबाट खाद्य संस्थानले खसी बोका बिक्री गर्योसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरुमध्ये प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकको कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारसँग माग गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले त्यस्तो माग गरेको हो । सरकार कोरोना महामारीबाट जनता जोगाउन असफल भइसकेको प्रमाणित भएको कांग्रेसको आरोप छ ।

त्यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व संकलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानुन र मापदण्ड विपरित कार्य गर्ने १ सय ३७ पसललाई कारबाही गरी जरिवाना गर्दा ७८ लाख ५७ हजार राजश्व संकलन भएको विभागले जनाएको हो ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोना भाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तीव्र सुधार आएको छ । चीनमा उपभोक्ताहरु सपिंङ मलमा सामान खरिद गर्न र सवारी साधन किन्न समेत थालेका छन् ।
त्यस्तैगरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री शुरु गरेको छ । कम्पनीको थापाथलीस्थित प्रादेशीक कार्यालय परिसरबाट प्रतिकिलो ५ सय ५० रुपैयाँमा खसी तथा बोकाको बिक्री वितरण शुरु गरेको हो । खाद्य संस्थानले बिक्री गरेको खसी बोकाको मूल्य गत वर्षकै रहेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Skip This
Skip This
Logo