घाँस काट्न गएका ७ बालिका सम्पर्कविहीन

घाँस काट्न गएका ७ बालिका सम्पर्कविहीन

केन्द्रबिन्दु
0
Shares

मंगलबार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन्। उनीहरू अबेर साँझसम्म नफर्किएको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए।

मेयर साहका अनुसार ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान घर नफर्किएका हुन्। ‘धर्मपुरका चेलीबेटीहरू मंगलबार दिउँसो २ बजे घाँस काट्न गाउँभन्दा पूर्वको अजगेवाको चौरीमा गएका थिए। ४ बजे खेतमै रहेको बोरिङमा पानी खाएको पनि गाउँलेले देखेका रहेछन्’, मेयर साहले टेलिफोनमा भने, ‘तर, उनीहरू अबेर रातिसम्म घर फर्केका छैनन्। म पनि घटनास्थलमा छु।’ उनीहरूलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका गरिएको छ। 

बालिकाहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले बताए। जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर रजोस घिमिरेको नेतृत्वमा लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित छन्। भंगहा सशस्त्र बेस क्यापबाट पनि खटिएका छन्।

‘यत्रो ठूलो संख्यामा बालिकाहरू बेपत्ता नहुनुपर्ने हो’, एसपी अचार्यले भने, ‘हामीले खोजी गरिरहेका छौं।’ यो खबर मंगलबार ९ बजे राति मात्रै प्रहरीमा पुगेको थियो।अन्नपूर्णबाट

Skip This
Skip This
Logo