प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : नेता बस्नेत

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : नेता बस्नेत

केन्द्रबिन्दु
0
Shares

पूर्वमन्त्री एवं नेकपा (एमाले) का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन्। संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए।

प्रेस चौतारी पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य बस्नेतले तीन दर्जनभन्दा बढी विधेयकहरू पेश हुने ‘लाइन’मा रहे पनि संसदमा पेश हुन नसक्ने अवस्थाले संसद्ले प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भन्ने पुष्टि भएको बताए। 

“कि त यो सरकार नै बाँकी दुई वर्ष चल्छ, वा नयाँ निर्वाचनमा जाने अवस्था बन्छ”, बस्नेतले दावी गर्दै भने, “मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरि घुम्छ।” उनले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारवाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताए।

“जनवादका नाममा अराजकता स्वीकार्न सकिन्न”, बस्नेतले भने, “कारवाहीमा पर्नुभएका नेताहरूलाई सच्चिएर पार्टीको मूल नेतृत्वमा फर्कने अवसर दिइएकै छ।” पत्रकार भेटघाटमा राष्ट्रिय युवा सङ्घका अध्यक्ष बच्चनबहादुर सिंहले सङ्घले युवाहरूलाई उत्पादनमा जोड्ने कार्यक्रम अगाडि बढाउने बताए।रासस

Logo