प्रतिनिधिसभाको बैठक चैत २३ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक चैत २३ गतेसम्मका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शून्य समयमा आफ्ना भनाइहरु राखेका थिए । यस समयमा विभिन्न दलका सांसदहरुले आआफ्ना विचारहरु राखे । 

यस्तै सांसदहरुले विशेष समयमा पनि आफ्ना विचार राखेका थिए । आजको विशेष समयमा एमालेकी सांसद शान्ता चौधरी, कांग्रेसका राजेन्द्र केसी, माओवादीका देव गुरुङ, जसपाका लक्ष्मणलाल कर्ण, मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, सूर्य पाठक, तेजुलाल चौधरी, कृष्णभक्त पोखरेल, लक्ष्मी परियार, गंगा चौधरी लगायतले विचार राखेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भूमि व्यवस्था मन्त्री शिवमाया तुम्वाहाङ्फेले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन र समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरेकी थिइन्।

त्यस्तै  विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले उक्त समितिको प्रतिवेदन पेश गरेकी थिइन्। खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संसोधन) विद्येयक सम्बन्धी प्रतिवेदन पनि पेश गरिन्। 

सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव पेश गरेका थिए । आज नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशी र कांग्रेसकै अर्का सांसद लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित भएका थिए। 

Skip This
Skip This
Logo