आज १ अप्रिल । यस दिनलाई मूर्ख बनाउने दिनका रुपमा विश्वभर मनाइन्छ।
आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् । तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज रिसाउने मान्छे कमै हुन्छन् ।
किन थालियो त यस्तो परम्परा ? एक किंवदन्ती अनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो। सन् १५८२ मा पोप ग्रेगोरी १३ औंले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर सार्वजनिक गरे।
रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरु १ अप्रिललाई नै नयाँ वर्ष मनाउँथे । त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्य मानिसले मजाक उडाए। त्यहि बेलादेखि यसरी १ अप्रिललाई झुक्याउने दिनका रुपमा मनाउन थालिएको मानिन्छ ।
अप्रिल फुल दिवसलाई हिजोआज मूर्ख दिवस पनि भनिन्छ । मनाउने परम्परा सामान्य नै लागे पनि यसले व्यापकता पाएको छ । हिजोआज अप्रिल १ लाई गलत रुपमा व्याख्या गरिने गरिएको छ । जसले गर्दा अप्रिल १ को बदनाम पनि हुने गरेको छ । कुनै अतिआवश्यक कुरामा पनि हाँसि मजाक गर्ने गरिंदा मानिसहरु तनावमा पर्ने गरेका छन्।































प्रतिक्रिया