नवरात्रीमा समेत सुनसान विमानस्थल (फोटोफिचर)

नवरात्रीमा समेत सुनसान विमानस्थल (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । विगतका वर्षहरूमा भए यतिवेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुको चाप अत्याधिक हुन्थ्यो । हवाई कम्पनीहरूलाई भ्याई नभ्याई हुन्थ्यो, यात्रुहरूले टिकटका लागि निकै दौडधुप गर्नु पर्थ्यो । नियमित उडानले नपुगेर दिनहु चार्टर उडानहरू हुन्थे ।

तर, यस पटक दशैं सुरू भए पनि विमानस्थलको आन्तरिक टर्मिनलमा खासै भिडभाड देखिएको छैन् ।  कोरोना भाइरसको जोखिमले गर्दा यसपटक दशैंका लागि जन्मथलो जानेहरूको संख्या कम देखिएका छन् ।

संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहहरुले जो जहाँ छ त्यहिं नै दशैं मनाउन आग्रह गर्दै आएका छन् । त्यसैले पनि यसपटकको दशैंमा उपत्यकाबाट घर फर्किने मानिसहरु न्यून संख्यामा देखिएका छन्।

 

 

Logo