आज १८ जना संक्रमितको मृत्यु, २ हजार ३३५ जना निको भए

आज १८ जना संक्रमितको मृत्यु, २ हजार ३३५ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोनाबाट देशभर निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ३३५ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । आज मात्र १८ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा आज २ हजार ३८८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २ हजार ८ , भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ४६ हजार ७४०, ललितपुरमा ६ हजार ४९२ र भक्तपुरमा ४ हजार ५४० संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ५७ हजार ७७३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । आज ३ हजार ७९० जना थपिएका छन् ।

आजको पिसिआर परीक्षण १५ हजार ७१४ रहेको छ । आज ४० हजार ७७८ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Skip This
Logo