मोटरसाइकल चोरी गर्ने एक जनालाई मोटरसाइकलसहित शुक्रबार ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ ।
सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले शखरापुर नगरपालिका ६, साँखुबाट वास्तविक नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा साँगाचोकगढी–६, सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९१ प १२२१ रहेको खुल्न आएको छ । फेला भएको मोटरसाइकल यही पुस १४ गते कोटेश्वर भाटभटेनीबाट हराएको भनी ललितपुर बस्ने सुजित महर्जनले हुलिया निवेदन महाशाखामा दिएका थिए ।
पक्राउ परेका सेन्चुरीलाई चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाएको महाशाखाले जनाएको छ ।





























प्रतिक्रिया