संसारकै पहिलो प्लेनका टुक्रा मंगलग्रहमा

संसारकै पहिलो प्लेनका टुक्रा मंगलग्रहमा

केन्द्रबिन्दु
0
Shares

नासाले मंगलग्रहमा जुन परसेभेरेन्स रोभर पठाएको छ, त्यसले ऐतिहासिक कारनामा गरेर देखाउनेछ। रोभरको साथमा गएको हेलिकोप्टर इन्जिन्युटी पृथ्वी बाहेक अर्को ग्रहमा उड्ने पहिलो क्राप्ट हुनेछ। मूख्य कुरो यसले आफ्नो साथमा संसारको पहिलो प्लेनको टुक्रा  पनि लिएर गएको छ। सन् १९०३ मा राइट फ्लायरमा (Wright Flyer) लागेको कपडाको एक भाग यो हेलिकोप्टरमा पनि लागेको छ।

इन्जिन्युटीले ८ अप्रिलमा उडान भर्नेछ। नासाको जेट प्रोपल्सन ल्याबोरोटरीका डाइरेक्टर फर प्लेनेटरी साइन्स बबी ब्रायनका अनुसार, यो एक राइट ब्रदर्स मोमेन्ट हुनेछ। राइट दाजुभाइको गृहनगर ओहायोमा केरिलोन हिस्टोरिकल पार्कले पोष्टको आकारको मलमलको टुक्रा नासालाई दिएको छ। यो टुक्रा पहिला प्लेनको बायाँ पखेटाको तलको भागमा लागेको थियो।

सबैभन्दा पहिला पावर्ड तथा कन्ट्रोल्ड फ्लाइटमा १७ डिसेम्बर १९०३ मा आरविल राइट यसमा सवार थिए, जसले विलबरको साथ पटक पटक त्यसदिन चार उडान गरेका थिए। यो फ्लायरको काठ तथा कपडा १९६९ को चन्द्र अभियान एपोलो ११ मिशनद्वारा चन्द्रमामा पनि पुगेको थियो। इन्जिन्युटी हेलिकोप्टरको एक सोलार प्यानलको तल एक केबलमा यो कपडा लगाइएको छ।

इन्जिन्युटी अहिले रोभरसँगै रहेको छ। तथा यसको प्रोटेक्टिभ शिल्ड हटाइएको छ। यसले जेजेरो क्रेटरमा ल्याण्डिग साइट नजिकै उडान भर्नेछ। यस हेलिकोप्टर उडान परीक्षणको उद्देश्य  अन्य ग्रहमा यो टेक्नोलोजीको प्रयोग गर्नु रहेको छ। यो सफल भएका खण्डमा आगामी दिनमा हुने मिशनमा यसको मद्दतले यस्ता अन्य स्थानमा जान मद्दत मिल्नेछ जहाँ रोभर वा एस्ट्रोनट जान सक्दैन।एजेन्सी

Skip This
Skip This
Logo