कसले लेख्छ भारतीय प्रधानमन्त्री मोदीको भाषण ?

कसले लेख्छ भारतीय प्रधानमन्त्री मोदीको भाषण ?

केन्द्रबिन्दु
0
Shares

भाषण कलाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी माहिर मानिन्छन् । उनको भाषणको धेरै नै प्रशंसा हुने गरेको पाइन्छ। आखिर कसले लेख्छ त मोदीको भाषण, यहाँ यसको जवाफ उल्लेख गरिएको छ।

हरेक दिनजसो मोदी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम, र्याली, विभिन्न सम्मेलन तथा शिक्षार्थीलाई समेत सम्बोधन गर्न भ्याइरहेका हुन्छन्।

रक्षा, स्वास्थ्य, शिक्षा, बजेट अनि वित्तिय मामिलामा पनि उनले भाषण गरेकै हुन्छन्। अझ कोरोना कालमा त उनले वेवनियरमा आएर पनि सम्बोधन गरे। अब प्रश्न उठ्छ यति व्यस्तताकाबीच आफैंले भाषण त पक्कै लेख्दैनन् । उसो भए उनको भाषण कसले लेख्छ त ?

यसको जानकारीका लागि एउटा भारतीय मिडियाले सूचनाको अधिकार प्रयोग गरी निवेदन ९च्त्क्ष्  ० समेत दियो । निवेदनमा उसले यसमा कस्ता कस्ता र कति मानिस छन् साथै यसका लागि कति रकम खर्च हुन्छ, यसमा काम गर्ने मान्छेले कति पैसा पाउँछन त ? भनेर सोधेको थियो।

सूचनाको अधिकारपछि प्रधानमन्त्री कार्यालयबाट प्राप्त जानकारीमा यसको रकमका बारेमा केही खुलाइएन भने विभिन्न स्रोतबाट प्राप्त हुने जानकारीपछि प्रधानमन्त्री मोदीले आफ्नो भाषणको अन्तिम रुप दिने जानकारी दिइएको छ।

जनकारीमा भनिएको छ, विभिन्न कार्यक्रमको प्रकृतिको आधारमा यससँग सम्बन्धित विभिन्न व्यक्ति तथा संस्थामार्फत जानकारी प्राप्त गरेपछि प्रधानमन्त्री मोदी आफैंले आफ्नो भाषणको तयारी तथा त्यसलाई अन्तिम रुप दिने काम गर्नुहुन्छ।

प्रधानमन्त्री कार्यालयका अनुसार पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुदेखि हालका प्रधानमन्त्री मोदीसम्म आइपुग्दा हरेक भाषण पार्टीको विभाग, मन्त्रालय, सम्बन्धित विषयका जानकार तथा विज्ञका साथै प्रधानमन्त्रीका लागि काम गर्ने निजी टिमले स्रोत जुटाउने काम गर्छ। यो सिलसिला हालसम्म पनि जारी छ।

प्रधानमन्त्री मोदी व्यक्तिगतरुपमा आफ्नो भाषणका लागि कति समय व्यतित गर्छन् जानकारी नपाइए पनि जवाहरलाल नेहरु भने आफ्नो भाषण लेख्न अधिक समय व्यतित गर्ने गर्थे।

Skip This
Skip This
Logo