कोभ्याक्स र द्विपक्षीय सम्झौताबाट अफ्रिकामा २ करोड ९१ लाख डोज खोप पुग्यो

कोभ्याक्स र द्विपक्षीय सम्झौताबाट अफ्रिकामा २ करोड ९१ लाख डोज खोप पुग्यो

केन्द्रबिन्दु
0
Shares

अफ्रिकी मुलुकहरुले कोभ्याक्स सुविधा र द्विपक्षीय सम्झौता अन्तर्गत कोभिड–१९ विरुद्धको करिब दुई करोड ९१ लाख डोज खोप प्राप्त गरेका छन्। 

अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सिडिसी) का अनुसार बिहीबारसम्ममा कूल प्राप्त भएको खोपमध्ये एक करोड ३ लाख डोज खोप मानिसहरुलाई लगाइसकिएको छ।

अफ्रिकी युनियन मातहतको अफ्रिका सिडिसीले खोप प्राप्त गरेकाहरुमा मुख्यगरी स्वास्थ्य कार्यकर्ता, विभिन्न रोगको जोखिममा रहेका तथा ५० वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिहरु रहेको जनाएको छ।

अफ्रिका सिडिसीले यसै साताको सुरुमा जोन्सन एन्ड जोन्सन र अफ्रिकी खोप कार्यदलबीच सम्झौता भएको बताएको छ। सम्झौता बमोजिम जोन्सन एन्ड जोन्सनले अफ्रिकी युनियनका सदस्य राष्ट्रहरुलाई २२ करोड डोज खोप उपलब्ध गराउने छ। साथै, १८ करोड डोज खोप थप खरिद गर्न सकिने समेत सम्झौतामा उल्लेख छ।

जोन्सन एन्ड जोन्सनको खोप दक्षिण अफ्रिकामा रहेको अस्पेन बायोफर्माले उत्पादन गर्नेछ।

अफ्रिका सिडिसीले सार्वजनिक गरेको पछिल्लो विवरणमा गत शुक्रबारसम्म अफ्रिकामा कोभिड–१९ बाट सङ्क्रमितको संख्या ४२ लाख ४० हजार पुगेको छ भने एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ।रासस

Skip This
Skip This
Logo