साइबर अपराधप्रति सतर्कता अपनाउन साउदी अरबमा कार्यरत नेपालीलाई अनुरोध

साइबर अपराधप्रति सतर्कता अपनाउन साउदी अरबमा कार्यरत नेपालीलाई अनुरोध

केन्द्रबिन्दु
0
Shares

खाडी राष्ट्र साउदी अरबमा साइबर कानून अत्यन्तै कडा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले साइबर अपराधबाट बच्न विशेष सतर्कता अपनाउन साउदी अरबमा कार्यरत नेपाली कामदारहरुलाई अनुरोध गरेको छ। साउदी अरबमा साइबर अपराधविरूद्धको कानून २००७ लागू छ। 

उक्त कानून उल्लंघन गरेमा ५ वर्ष जेल सजायँसहित करिब ३० लाख साउदी रियालसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। सामाजिक सञ्जाल प्रयोग गर्दा सजगता अपनाउन नसके कानूनको दायरामा परिने भन्दै अवैधानिक गतिविधी नगर्न अनुरोध गरेको छ।  

इमो, फेसबुक, ह्वाट्स एप, म्यासेन्जर जस्ता सामाजिक सञ्जालका माध्यमबाट साउदी कानूनविरुद्ध हुने गरी कुनै सामग्री अपलोड गरी त्यसलाई शेयर, लाइक, कमेण्ट नगर्न पनि दूतावासले अनुरोध गरेको छ। दूतावासले नेपाल रकम पठाउँदा बैंकिङ माध्यम प्रयोग गर्न छोडेर हुण्डी, हवाला वा अन्य कुनै पनि गैर–कानूनी माध्यमबाट रकमको कारोवार नगर्न पनि आग्रह गरेको छ। 
 
दूतावासले साउदी अरबमा रहँदा आफ्नो दायित्व पूरा गर्न पनि त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ। मदिराजन्य पदार्थको उत्पादन सेवन, बन्द, हड्ताल, धर्ना, जुलस  नगर्न पनि दूतावासले आग्रह गरेको छ।

Skip This
Skip This
Logo